लोकतान्त्रिक आदिवासी जनजाति महासंघ फेदिखोलाको अध्यक्षमा टकबहादुर

स्याङ्जा | फागुन २८, २०८०

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ फेदिखोलाको अध्यक्षमा टकबहादुर

पोखरा:  नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल फेदिखोला गाँउपालिकाकाे प्रथम अधिवेशनबाट टकबहादुर गुरुङ(आचम) अध्यक्षमा चयन भएका छन् ।
 

टकबहादुरको नेतृत्वमा १५ सदस्ययि कमिटि गठन गरेको छ ।

 

सो समितिको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाजी गुरुङ, उपसचिवमा गौतम गुरुङ र राजकुमार जिटी, कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन गुरुङ, सुवास गुरुङ, बुद्धिमाया गुरुङ, तारा भुजेल, कृष्णमान श्रेष्ठ, उत्तम गुरुङ, बमबहादुर गुरुङ, रुद्रबहादुर गुरुङ र सन्तोषी गुरुङ चयन भए ।

 

नवनिर्वाचित कमिटिलाई अध्यक्ष मण्डलका अध्यक्ष लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका उपाध्यक्ष चिनमाया गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।  अध्यक्ष मण्डलमा महासंघको प्रदेश सचिवालय सदस्य अविलास गुरुङ र स्याङजा जिल्ला सचिव लक्ष्मी थापामगर रहेकी थिइन् ।

 

नवनिर्वाचित अध्यक्ष टकबहादुर गुरुङले फेदिखोला गाँउपालिकामा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई महासंघको झण्डा मुनि गोलबन्द गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

 

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव एवम गण्डकी प्रदेश इञ्चार्ज, नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमबहादुर गुरुङले आदिवासी ​जनजातिहरुले राजनीति र राजनीतिक शक्ति नबुझाले पछाडि पारिएको धारणा राख्दै राजनीतिक चेत, जागरण, अधिकारप्रति सजग हुनुपर्ने उल्लेख गरे ।


कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य देवी थापा, जिल्ला सचिवालय सदस्य एवम फेदिखोला इञ्चार्ज पुष्पराज बराल, महासंघ गण्डकी प्रदेश उपाध्यक्ष चिनमाया थापा, महासंघ प्रदेश सचिवालय सदस्य तथा फेदिखोला वडा नं.२ का वडाध्यक्ष अविलास गुरुङ, महासंघ स्याङजा जिल्ला अध्यक्ष तथा फेदिखोला गाँउपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, महासंघ जिल्ला सचिव लक्ष्मी थापामगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।


लोकतान्त्रिक आदिवासी जनजाति महासंघ स्याङजा खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा टकबहादुर गुरुङले स्वागत र भिमकुमारी गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्